माक्र्सीय गुरुकुल
(School Of Dialectics)

प्रस्तावना

१. प्रस्थापना र औचित्य :

देशमा भएका ठ्ला परिवर्तनका बावजुद, आम जनताको सुख, शान्ति र समृद्धिको चहाना अभ, यथावत छन् । जनताका यी स्वभाविक आवश्यकता संबोधित हुनका निम्ति सबै किसिमका पूर्वाग्रहबाट मुक्त हुने प्रयत्न गर्दै, गंभिर चिन्तन, संवाद र सार्थक छलफलका आधारमा पुरानो पीढीका परिवर्तनकामी व्यक्तिहरु रहेको अनुभव ज्ञान र क्षमताको उपयोग गर्दै, नयां पीढिमा अन्तर्निहित जीवनोन्मुख सम्भावनाहरुलाई उजागर गर्न, तथा तर्क र विज्ञान सम्मत यथार्थ भावनाको योग भएको र जीवनमा अनुदित हुनसक्ने सोचको निरन्तर विकास गर्न आवश्यक भएकोले माक्र्सीय गुरुकुल को स्थापना गरिएको हो ।

मुलतः उछिनपाछिनको पुजिवादी संस्कृतिको बोलबालाको आजको दुनिया र परिवेशले आक्रान्त चित्तहरुलाई शान्त र प्रसन्नताका लागि ध्यान केन्द्र, आराम तथा वासगृह, विगतका न्यायीक आन्दोलनका अगुवा तथा सहभागिहरुबाटै तात्कालीन आन्दोलनका औचित्य, तिनका सफलता तथा असफलता र त्यसले भविष्यका लागि सिकाएका पाठहरु सिक्ने पढने अवशरको उपलव्धता तथा मानवजातिले आफ्ना व्यवहारबाट सिक्दै अभिलेखिकरण गरेका विश्वका सबै कुनाका जनहितकारी सुचना तथा ज्ञानहरुलाई संकलन गरि पढ्न सिक्न चाहानेहरुका लागि वृहद जन सुचना केन्द्र निर्माण जस्ता विषयहरु यतिवेला औचित्यपुर्ण कदम हो ।

२. लक्ष्य 

ध्यान, ज्ञान लगायतका गतिविधिवाट मनको प्रसन्नता तथा जीवनजगतको सूचनाको अभिवृद्धिका लागि योगलीला पाठशाला माक्र्सीय गुरुकुल (Marxian School )  संचालन, अत्याधुनिक सूचना प्रविधिको थलो निर्माण, नयां पुस्तामा रहेको जीवनोन्मुख संभावनालाई निकास दिनका लागि नयां सोचको विकास थलो निर्माण, र विश्रामगृहको निर्माण तथा संचालनको माध्यमवाट व्यवहारिक धरातलमै शान्तिपुर्ण र  समृद्ध नेपालको निर्माणमा सहभागी हुनु न माक्र्सीय गुरुकुल को लक्ष्य हो ।

३. उद्येस्य

क) चित्त प्रसन्नताका तथा मनको चैनका लागि ध्यान लगायतका विधिहरु सहित दैनिक र आवधिक योग शिविर संचालन ।

ख) द्वन्द्वात्मक चेत अभिवृद्धि गर्न माक्र्सीय गुरुकुल  (Marxian School )  निर्माण तथा संचालन ।

ग) विगतका स्थानिय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनैतिक, आर्थिक, सामाजिक सांस्कृतिक आदि सबैखाले आन्दोलन तथा अभियानहरुका अगुवाहरुवाट आजको पीढिलाई तात्कालिन अभियानहरुका अनुभवजन्य शिक्षा प्रदान गर्ने पाठशाला निर्माण तथा संचालन ।

घ) नयां पुस्तामा रहेको जीवनोन्मुख संभावनालाई निकास दिनका लागि जीवनोपयोगी सोचको विकास का लागि कार्य ।

ङ) विश्वका सबै कुनाका पुस्तकहरु, श्रव्यदृष्य सामाग्री संकलन गरि सूचना तथा ज्ञानको श्रोत केन्द्र, अध्ययन तथा अनुसन्धान केन्द्रको निर्माण ।

च) तथा, माक्र्सीय गुरुकुलको उद्येस्य अनुरुप आवश्यक पर्ने सबैखाले संरचनाहरुको निर्माण तथा विश्रामगृहको निर्माण तथा संचालन गर्नु  संजीवनीका मुलभुत उद्येस्यहरु रहेकाछन् ।

 

४. गतिविधि तथा संरचना

माथिका उद्येस्यहरु प्राप्तिका लागि माक्र्सीय गुरुकुलले आफु अन्तर्गत विभिन्न गतिविधिहरु र संरचनाहरु निर्माण गर्नेछ ।

क. ध्यानकेन्द्र को निर्माण तथा संचालन :

उद्येस्यमा उल्लेख गरिए वमोजीम चित्त प्रसन्नताका तथा मनको चैनका लागि दैनिक र आवधिक योग ध्यान लगायतका विधिहरु सहित शिविर संचालन गरिनेछ । मुलतः द्वन्द्वात्मक चेत अभिवृद्धि गर्ने अभिप्राय सहित माक्र्सीय गुरुकुल Marxian School )  को रुपमा यसलाई अधि बढाइनेछ । यसका लागि माक्र्सीय गुरुकुल मा एकै साथ करीव १००० जनालाई प्रशिक्षण गर्न सकिने सुविधा सम्पन्न हल निर्माण गरिनेछ ।

ख. पाठशाला निर्माण तथा संचालन  :

नेपाली समाज तथा विश्वका विभिन्न कुनामा भए गरेका लोकतान्त्रिक तथा जनवादी रुपान्तरण आन्दोलनको विगतका इतिहासका जीवित नायकहरु नायिकाहरु तथा विभिन्न विषयका विज्ञहरुवाट वर्तमान पुस्तालाई सुचना तथा ज्ञान उपलव्ध गराउन आवधिक अध्ययन केन्द्र तथा प्रवचन कार्यक्रमहरुको आयोजना गरिनेछ । यसका लागि माक्र्सीय गुरुकुलसंग पाँचवटा सुविधा सम्पन्न अध्ययन कोठाहरु हुनेछन ।

ग. सूचनाकेन्द्र निर्माण तथा संञ्चालन :

माक्र्सीय गुरुकुलले मानव जातिले आफ्नै पौरखबाट आर्जन गरेका जीवनोपयोगी सुचना तथा ज्ञानका सबै सम्पतिहरुलाई संकलन गर्ने प्रयत्न गर्नेछ । यस कार्यले अध्ययन गर्न चाहाने आजको पुस्तालाई विश्वका सबै कुनाका पुस्तकहरु, श्रव्यदृष्य सामाग्रीको उपलव्धता हुनेछ । यसको अलावा माक्र्सीय गुरुकुलले जीवनोपयोगी विविध विषयहरुमा अनुसन्धान पनि गर्नेछ । यसका लागि  माक्र्सीय गुरुकुल संग एकैसाथ ५०० जना व्यक्तिले बसेर पढन् सक्ने तथा करीव १० लाख पुस्तक अट्ने हल निर्माण गर्नेछ । श्रव्य तथा दृश्य सामाग्रीको अध्ययन अनुसन्धानका लागि माक्र्सीय गुरुकुलसंग करीव १०० थान सुविधा सम्पन्न कम्प्युटरहरु रहनेछन ।

घ. विश्राम तथा आवासगृह निर्माण तथा संचालन

करीव ६० वर्षे लामो नेपाली लोकतान्त्रिक तथा जनवादी आन्दोलनको इतिहासमा धेरै नेपाली आमाका छोराछोरीले विभिन्न तौर तरिकाबाट आफुलाई समपर्ण गरेका छन् । समपर्णको यो शिलशिला आजसम्म आइपुग्दा कतिपय समर्पित व्यक्तित्वहरु घर न घाटका भएका, कतिपयलाई अत्यधिक दौडधुपले थकित र निराशा छाउन थालेको, कतिपय धेरै वृद्ध अशक्त भैसकेको तर सहारा विहिन भएर बाँच्नु परेको अवस्था छ । त्यस्ता सम्मानित नागरिकहरुले विश्राम तथा गासवास पाउनु उनीहरुको अधिकार तथा विश्राम तथा आवसको सुविधा उपलव्ध गराउनु राज्य तथा नागरिक समाजका सक्षम नागरिकहरुको दायित्व पनि हो । यहि अभिभारालाई पुरा गर्न माक्र्सीय गुरुकुलले करीव १०० जना वरिष्ट नागरिकहरुलाई सुविधासम्पन्न आवास तथा विश्रामगृह निर्माण गर्नेछ । यसको अलावा करीव ५०० जना व्यक्तिहरुले छोटो समयका लागि विश्राम गर्न सक्ने स्तरको आवास केन्द्र पनि माक्र्सीय गुरुकुल अन्र्तगत निर्माण हुनेछ ।

५. श्रोत साधन :

माथि उल्लेख गरिएको माक्र्सीय गुरुकुल  को निर्माण आफैमा वृहद योजना हो । यसको निर्माण एक दुइजना मनकारीहरुको व्यक्तिगत प्रयत्नबाट मात्र संभव  छैन । उद्येस्यले नै के प्रष्ट हुन्छ भने यसका निर्माणका लागि राज्यको हातेमालो र सक्रिय सहयोग, समर्थन पहिलो शर्त हुनेछ । मुलतः यसका लागि आवश्यक पर्ने जमिन तथा पूंजी राज्यसंग अपेक्षा गरिएको छ । यस वाहेक अन्य श्रोत साधनहरु देश भित्र तथा वाहिर रहेका मुलतः नेपालीहरुबाट नै जुटाइनेछ । यसरी नै माक्र्सीय गुरुकुल  जीवन पाठशाला पनि भएको हुनाले यसमा विगतका आन्दोलन पढन चहानेहरुका लागि उनीहरुबाट केहि शुल्क तथा छोटो समय विश्रामगर्न चाहानेहरुबाट समेत ससाना आर्थिक श्रोतहरु संकलन गरिनेछ । भौतिक निर्माणको काम सकिएपछि राज्य, राष्ट्यि पूजीपति तथा विविध शिर्षकबाट उलपव्ध हुने रमकको करीव ७५ प्रतिशत रकम माक्र्सीय गुरुकुल कोषको रुपमा वैकमा जम्मा गरिने छ । त्यसवाट प्राप्त हुने व्याजबाट माक्र्सीय गुरुकुल को दैनिक खर्च चलाइने छ । यसका लागि निर्माण अवधिमा सरकारवाट ५० करोड वजेट र निर्माण सकिएपछि ५० करोड रकमको अपेक्षा गरिएको छ ।

यसको अलावा भौतिक संरचना निर्माणका लागि राज्यका तर्फबाट करीव २०० रोपनि जमिन पनि भोगाधिकार माक्र्सीय गुरुकुल मा रहने गरि उपत्यका भित्र उपलव्ध हुने अपेक्षा राखिएको छ । 

६.समिति निर्माण : 

माक्र्सीय गुरुकुल कुनै व्यक्ति, राजनैतिक दल तथा निहित स्वार्थ समुह विशेषको नभइ उत्पिडित तथा न्यायप्रेमि जनताको सामाजिक सम्पति हो । यसर्थ यसको संचालनमा पनि व्यक्ति, तथा राजनैतिक दलको नभई यसकै उद्येस्यसंग जोडिन आइपुगेका सदस्यहरुवाट निर्माण गरिएको समितिको भूमिका महत्वको हुनेछ । माक्र्सीय गुरुकुलको संचालनमा सहजता र जीवन्तता होस भन्ने उद्येस्यले यसमा तीन किसिमका समितिहरु बनाइने छन । जसमध्ये पहिलो संरक्षकहरुको समिति रहनेछ । यसमा विभिन्न राजनैतिक दलका नेतृत्वमा रहेका तथा देशका विशिष्ट ख्यातिप्राप्त व्यक्तित्वहरुलाई समावेश गरिनेछ । तर यस्ता सदस्यहरु मानार्थ हुनेछन र यीनको छनौट सबै संस्थापकहरुको सल्लाह र सहमतीमा संचालक समितिले गर्नेछ । माक्र्सीय गुरुकुल संचालन तथा त्यसको निणर्य प्रकृयामा यस्ता सदस्यहरुको सल्लाह सुझावको अपेक्षा राखिने छ, तर निर्णायक भुमिका भने रहनेछैन ।  

दोश्रोमा संचालक समिति रहनेछ । यीनिहरु आफैमा संस्थापक सदस्यहरु पनि हुनेछन । यीनले माक्र्सीय गुरुकुल को दैनिकिदेखि यसका भविष्यसम्मका योजना निर्माण, व्यवस्थापन, संचालन, र आवश्यक सबै निकायसगं संयोजनको भूमिका पनि निर्वाह गर्नेछन । कामको आवश्यकता र जटिलताको कारण यीनिहरु माक्र्सीय गुरुकुलका पुर्ण कार्यकर्ताको रुपमा पनि रहनेछन । 

तेस्रोमा सहयोगीहरुको समिति हुनेछ । यीनीहरु पनि संस्थापक सदस्यहरु नै हुन माक्र्सीय गुरुकुल  निर्माण अविधि देखि यस्को संचालनसम्मको अवधिमा आफ्नो पुरै समय लगानी गर्न नसक्ने तर यसको उद्येस्यसंग पुरै सहमत सदस्यहरुलाई यो समितिमा राखिने छ । माक्र्सीय गुरुकुलमा आवश्यक पर्ने ससाना समयका कामहरुमा यस्ता सदस्यहरुबाट सहयोग लिइनेछ । यीनीहरु जीवन ग्रामका अल्पकालीन कार्यकर्ताको रुपमा रहनेछन । दैनिक झिना मसिना काममा वाहेक माक्र्सीय गुरुकुल लाई दीर्धकालीन असर पर्ने ठुला निर्णयहरु लिंदा यस्ता सदस्यहरुको निर्णायक भुमिका रहनेछ । यस समितिमा माक्र्सीय गुरुकुल को भौगोलीक परिवेश वरपर रहेका समुदायका प्रतिनिधिहरुलाई पनि समावेश गराउने प्रयत्न गरिनेछ । यस वाहेक यस समितिमा उद्यमिहरुहरु, स्वास्थ्यकर्मीहरु, लगायत विभिन्न क्षेत्रका विषयविज्ञहरु पनि समावेश गरिनेछ । आवश्यक पर्ने हदसम्म सहयोग समिति अन्तर्गत अर्थ, स्वास्थ्य, जस्ता विभिन्न उपसमितिहरु पनि निर्माण गर्न सकिनेछ  । 

७. शाखा निर्माण : 

माक्र्सीय गुरुकुलको लक्ष्य उद्येस्यसंग सहमत हुने विभिन्न जिल्लामा रहेका समुहहरु माक्र्सीय गुरुकुल को शाखाको रुपमा रहन सक्नेछन् । तर यस्ता शाखाहरुको संचालनका लागि स्थानिय तहमै संचालक समिति रहनेछ र यिनीहरु स्वायत्त हुनेछन् । माक्र्सीय गुरुकुलको मुल ध्येयसंग नवाझिने गरि खोलिएका यस्ता शाखाहरुको छाताको रुपमा मात्र केन्द्रमा माक्र्सीय गुरुकुल रहनेछ । केन्द्रले आफ्ना शाखाहरु उपर कुनै पनि निर्णयहरु लाद्ने छैन ।